रामगोपालपुर नगरपालिकामा कृषकहरुलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ। कृषकहरुलाई प्रोत्साहन गरी व्यवसायिक धान खेतीलाई बढावा दिन रामगोपालपुर नगरपालिका वडा नम्बर ७ का ५० जना कृषकहरुलाई धानको बिउ, इलेक्ट्रिक स्प्रे पम्प, डिजिटल काँटा, विषादीहरु सहितका सामग्री वितरण गरेको हो।
समाचार
ग्यालरी
राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधि सेवन अभियान, २०७९/०८० मा उत्कृष्ट कार्यसम्पादन गरे वापत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD, Teku, Kathmandu) द्वारा संचालित रणनीतिक योजना तर्जुमा तथा समिक्षा कार्यक्रममा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख श्री राम दुलार साहज्युलाई माननिय उप प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री उपेन्द्र यादव , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा WHO द्वारा सम्मानित
-सम्मान ग्रहण गर्नु हुदै नगर प्रमुख
आज मिति २०८० चैत १६ गते रामगोपालपुर न. पा. कार्यालयको कर्मचारी बैठक रामगोपालपुर नगर प्रमुख श्रीमान् राम दुलार साह को अध्यक्षतामा सम्पन्न भयो । बैठकमा कर्मचारीहरुको समस्या तथा कर्मचारीहरू को दायित्व सम्बन्धि छलफल भयो ।
आ.व. ०८०/०८१ मिति २०८० चैत १४ गते रामगोपालपुर नगरपालिका १०औँ नगरसभा पहिलो दिनको केहि क्षणहरू ।
आड्रा नेपाल र बागमती सेवा समाज नेपालको सहयोगमा सञ्चालित र यस रामगोपालपुर नगरपालिका का कृषि र स्वास्थ्य शाखा को सहयोग र समन्वयमा एक दिने "Agriculture & Health orientation" तालिम यसै नगरपालिका वार्ड नं ०८ अन्तर्गत का जय माँ दुर्गा कृषक समुह मा तालिम दिइएको केही दृश्य।।।
२०२३-१२-११ र २०२३-१२-१२ मा "स्थानीय सरोकारवालाहरूलाई लैंङ्गिक हिंसा र मानवीय सहयता संयन्त्र" सम्बन्धि २ दिने तालिम गुन्ज होटल, बार्दिबासमा WEM बाट प्रदान गरीयो ।
२०८० असोज ९ गते का दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयद्वारा आयोजन तथा रामगोपालपुर नगरपालिका द्वारा सहकार्य भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम ।