समाचार
रामगोपालपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका १५ जना जेहेन्दार छात्राहरुलाई शैक्षिक सामग्री वितरण ।
मिति २०८० भदौ ५ गते रामगोपालपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा श्री महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका कक्षा ४ देखि कक्षा १० सम्मका गरीब तथा जेहेन्दार १५ जना छात्राहरुलाइ शैक्षिक सामग्री बितरण गर्दै रामगोपालपुर नगरपालिकाका नगर प्रमुख श्री रामदुलार साह ज्यु।उक्त कार्यक्रममा वडा नं. ५ का अध्यक्ष श्री मकेश्वर शर्मा ज्यु, प्रमुख प्रशासकिय अधिकृत बिनोद कुमार मण्डल ज्यु, शिक्षा शाखाबाट श्री देवनारायण सिंह, विद्यालय व्यवस्थापन समितका जेष्ट सदस्य श्री रवी महरा ज्यु, बिधालयका प्र.अ. श्री धिरेन्द्र कुमार मण्डल ज्यु, हेफर प्रोजेक्ट नेपालका बरिष्ट कार्यक्रम अधिकृत श्री मिथिलेश झा ज्यु, समाज उत्थान कल्याण संघ अध्यक्ष श्री रुपेश पासवान ज्यु, कार्यक्रम संयोजक श्री रामबाबु ज्यु र छात्राहरूको सहभागिता रहेको थियो।छात्राहरुलाई झोला, विद्यालय पोसाक, जुत्तामोजा, कापी, टाई बेल्ट, बल पेन, पेन्सिल, ज्यामिति बक्स शैक्षिक सामाग्री प्रदान गरिएको छ।