समाचार
आन्तरिक आय संकलन (पोखरी ठेक्का बन्दोबस्त)सम्बन्धि सुचना
स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम यस नगरपालिकाको स्वामित्व र संरक्षणमा रहेको निम्न बमोजिम पोखरी ठेक्का आ.व. २०७६।०७७ देखि ३ वर्षका लागी ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले उक्त ठेक्का लिन ईच्छुक व्यक्ति, फर्म, संघ संस्थाले निम्न शर्त बन्देजको अधिनमा रही रितपुर्वक शिलबन्दी बोलपत्र आव्हान गरिएको छ । यो सूचना पहिलो पटक प्रकाशित भएको मिति २०७६।७।१४ गते देखि २०७६।७।२८ गते कार्यालय समय भित्र रु.१०००।– (फिर्ता नहुने) गरी वोलपत्र फाराम खरिद गर्न सकिनेछ । खरिद गरिएको बोलपत्र फारामहरु फाराम सक्कलै २०७६।७।२९ गते दिनको १२ः०० बजे रितपुर्वक खोलिनेछ ।